पर्वतको जलजला गाउँपालिकामा ‘एक घर, एक पिसिआर’ परीक्षण अभियान सुरु

पर्वतको जलजला गाउँपालिकामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि समुदायस्तरमा पिसिआर परीक्षणलाई व्यापक बनाइने भएको छ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान सुरू गरेको हो ।

गाउँपालिकाले मंगलबारबाट यो अभियान सञ्चालन गरेको छ। ‘मंगलबारदेखि अभियानको सुरुवात गरेका छौं,’ गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले भने, ‘पीसीआर परीक्षणका लागि पहिलो चरणमा लक्षण देखिएका व्यक्तिहरु सम्पर्कमा आएका छन्।’

जलजला गाउँपालिकाअन्तर्गतका करिब ५ हजार ७७ सय परिवारका सदस्यलाई परीक्षण गर्ने अभियान थालिएको उनले बताए।

कोभिड–१९ को संक्रमणलाई सामान्य रुपमा लिन नहुने भन्दै सतर्कता अप्नाउन यसअघि पनि सू–सुचित गरिएको बताउँदै अध्यक्ष मल्लले परीक्षण अभियानलाई गाउँपालिकाको तल्लो तहदेखि माथिल्लो तहसम्म पुर्‍याउने योजना रहेको बताए।

आफू पनि कोभिड–१९ बाट संक्रमित भई कोरोना मुक्त भएका मल्लले सर्वसााधारणको घरदैलोमै पुग्ने गरी परीक्षण कार्य अघि बढाउने बताए।

हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको स्वाब संकलन गरिनेछ। यसअघि गाउँपालिकाबाट करिब ५ सय जनाको पिसिआरसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय