कर्मचारीमा कोरोना पुष्टिपछि कालिकोट प्रशासन कार्यालय सिल

जिल्ला प्रशासन कार्यालय कालिकोटमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कालिकोट चार दिनका लागि सिल गरिएको छ।

कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रे सहित १४ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रजिअ गैरेले बताए।

हाल सम्म कालिकोटमा संक्रमतिको संख्या २ सय ३ पुगेको छ भने १ सय ७३ जना डिस्चार्ज भइसकेका छन्। कोरोना संक्रमित ३० जना जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय