स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन आजदेखि हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ ।

मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो।

दसैं पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

मन्त्रालयले दसैं बिदाका बेलामा कोभिड–१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय