२७२५ पिसिआर परीक्षण गर्दा पाँचसय ७० संक्रमित थपिए

पिसिआर परीक्षणको दर न्यून हुँदा संक्रमितको संख्या पनि धेरै कम देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा पाँचसय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा दुई हजार सातसय २५ पिसिआर परीक्षण गरिएको छ।

दैनिक करिब १५ हजारको पिसिआर परीप्क्षण गर्दै आएकोमा अहिले दशैंका कारण पिसिआर परीक्षणको दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार भेटिका संक्रमितमध्ये २११ जना महिला र ३५९ जना पुरुष रहेका छन्।  यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जनामा संक्रमण पुष्टि भएको छ।

परीक्षण घटेका कारण संक्रमितको संख्यामा कमी आए पनि डिस्चार्ज हुनेको संख्या भने बढी देखिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एकसय ३६ जना डिचार्ज भएका छन्।

नेपालमा नेपालमा निको हुने दर ७४ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म १ लाख ६० हजार ४ सय पोजेटिभ केस देखिएको छ।

मंगलबार १५ जनाको मृत्यु

मन्त्रालयका अनुसार मंगलबार कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। नेपालमा थप १४ जनाको मृत्यु भएसँगै कूल मृत्यु हुने संख्या ८७५ पुगेको मन्त्रालयले जनाएको छ। मृत्यु हुने दर शुन्य दशमलव ५ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा २५२ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना संक्रमित भएका छन् । काठमाडौं पछाडि रुपन्देहीमा सबैभन्दा धेरै संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय