कोरोनाबाट झापामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट झापामा ८५ वर्षीया बृद्धाको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका–५ मङ्गलबारे कि ८५ वर्षीया रमादेवी दाहाल कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। रमादेवी लामो समयदेखि पेट तथा नसा रोगले पीडित थिइन्।

रमादेवी कांग्रेस ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य पूर्णानन्द शर्मा दाहालकी धर्मपत्नी हुन्। मृतकको मंगलबार दिउँसो कनकाइमाईमा अन्त्येष्टि गरिएको कांग्रेस झापाका सभापति उद्धब थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय