दसैं मान्न आएका युवामा कोरोना देखिएपछि पाँच दिन गाउँ सिल

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका दसैं मान्न आएका युवामा कोरोना देखिएपछि पाँच दिनका लागि पूरै गाउँ सिल गरिएको छ। दसैंकै दिन ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि सुरक्षाका लागि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ।

संक्रमित एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए। बजार आएर केही दिन होम आइसोलेनमा बसेका युवाले केही दिनअघि कोरोना परीक्षणका लागि स्वाब दिएका थिए।

पिसिआर रिपोर्ट नआउँदै घर पुगेका युवकले गाउँमा कसैलाई पनि स्वाब दिएकोबारे जानका नदिएकाले अहिले गाउँ नै संक्रमणको जोखिममा परेको भन्दै स्थानीय त्रसित छन्।

संक्रमित युवकलाई अस्पताल लगिए पनि गाउँभरीमा धेरैको सम्पर्कमा आएकाले स्वास्थ्य सुरक्षाका लागि पाँच दिन पूरै गाउँ सिल गर्नुपरेको वडा सदस्य भण्डारीले बताए।

स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दसैं मनाउन र साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी भएको बताइएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा ५ जनाभन्दा बढी भेटघाट, भेला र आवत जावत गर्न नपाउने निर्णय गरेको छ।

यस्तै, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागू हुनेगरी दूध, निर्माण सामग्री, खाद्यान्न तथा अत्यावश्यकबाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ।

वडा कार्यालयले यस अवधिमा गाउँबासीलाई घरमै सुरक्षितरुपमा बस्न आग्रह गरेको छ। यस वडामा हाल सम्म भारत लगायतका ठाउँबाट आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय