भाइरसविरुद्धको लडाइँमा अझैं हार नमानौंः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना संक्रमणविरुद्ध लडिरहेका राष्ट्रहरूलाई अझैं हार नखान भनेका छन्।

केही दिनअघि एक अमेरिकी अधिकारीले कोरोना भाइरस नियन्त्रण गर्ने प्रयास छोड्नुपर्ने र यसलाई सामन्य रुपमा लिनका लागि गरेको आग्रहलाई विश्व स्वास्थ्य संगठनले खतरापूर्ण अभिव्यक्त्ति भन्दै हरेक राष्ट्रलाई भाइरसविरुद्ध अझैं कडा भएर जुध्नुपर्ने बताएका हुन्।

‘यो निकै कडा र निकै मेहनतपूर्ण लडाइँ हो’ टेड्रोसले भनेका छन् ‘तर पनि हामीले हार खानु हुँदैन। सबै सरकार प्रमुखहरूले आफ्ना नागरिकको जीवन पनि बचाउनुपर्ने छ र जनजीविका पनि चलायमान बनाउनुपर्नेछ।’

केही दिनअघि एउटा अन्तरवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिफ अफ स्टाफ मार्क मेडोजले भनेका थिए, ‘हामी कुनै महामारी नियन्त्रण गरिरहेका छैनौँ, हामी त त्यो तथ्यलाई समाउन लागिपरेका छौँ र त्यो भनेको भ्याक्सिन नै हो।’

उनले यो कोरोना भाइरस पनि अन्य कुनै फ्ल्यूजस्तै संक्रामक भाइरस भएको बताएका थिए।

उनले अझैं पनि मास्क लगाउने, दूरी कायम राख्ने, हात सफा राखिरहनेलगायतका स्वास्थ्य सुरक्षाका केही मापदण्डलाई कडाइका साथ पालना गरे लकडाउन गर्नुनपर्ने पनि बताए। तर उनले त्यसमा कत्ति पनि कमजोरी नगर्न भने अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय