मनोज गजुरेललाई कोरोना पुष्टि

चर्चित स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले सोमबार फेसबुकमार्फत उनले आफू संक्रमणमा परेको जानकारी दिएका हुन्। उनले आफूलाई लक्षणसहितको कोरोना देखिएको पनि बताएका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमा गत हप्ता आफ्ना दाजुलाई अस्पताल लैजाने÷ल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने बताएका छन्।

‘गतहप्ता दाजुलाई अस्पताल लाने÷ल्याउने गरेको थिएँ। गत बिहिबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो’, उनले फेसबुकमा लेखेका छन्।

यस्तै उनले आफ्ना दाजुलाई पनि कोरोना देखिएको र बालबच्चालाई भने संक्रमणको कुनै लक्षण नदेखिएको जानकारी गराएका छन्। बिहीबारदेखि नै होम आइसोलेसनमा रहेका छन्। उनले कोरोनालाई छिट्टै जित्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय