वीरका स्वास्थ्यकर्मी सिंहको निधन, कोरोना त जिते तर मृत्यु जित्न सकेनन

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणपछि गम्भीर बनेसँगै लामो उपचारबाट डिस्चार्ज भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मंगलबार मृत्यु भएको छ ।

अस्पतालको कार्डियो ओपिडीमा कार्यरत प्राविधिक सिंह लामो समयसम्म आइसियुमा उपचारपछि केही दिनअघि मात्रै वीर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

घरमै आराम गरिरहेका सिंह सोमबार राति अचानक पेट दुःख सुरु भएसँगै वीर अस्पतालमै भर्ना भएका थिए ।

उनको मंलबार विहान अस्पतालमै उनको मृत्यु भएको हो ।

मुटुसम्बन्धी रोगका बिरामी रहेका सिंहले कोरोना जितेपछि त्यसपछि सृजित थप समस्याकै कारण मृत्यु भएको सहकर्मीहरुले बताएका छन् ।

सिंह नेपाल स्वास्थ्यकर्मी युनियानका उपाध्यक्ष समेत थिए ।

युनियनका अध्यक्ष उज्जलकुमार शर्माले कोभिड १९ बाट संक्रमणमुक्त भएर घर फर्केपछि सिंहको मृत्यु भएको जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *