कोरोना अपडेट: ५ हजार परीक्षण, १ हजार ७ सय थपिए, ४ हजारले जिते

हेल्थपोस्ट काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १० गते १८:४९

नेपालीको महान चाड विजया दशमीको दिन देशभर कोरोनाका १ हजार ७ सय ४१ जनाले कोरोना संक्रमित थपिएका छन् ।

दसैं प्रमुख दिनहरुमा परीक्षणका संख्या घटेसँगै पोजेटिभको संख्या पनि कमी आइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित अपडेट रिपोर्ट अनुसार ५ हजार ६ जनाको नमुना परीक्षण भएकोमा १ हजार ७ सय ४१ नयाँ संक्रमित थपिएका हुन् ।

देशभरमा थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

२४ घण्टाको अवधिमा ४ हजार ५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित मध्ये उपत्यकाका ८९४ जना छन् ।

मन्त्रालयका अनुसार हटस्पट बनेको उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १८ हजार ३ सय७४ सक्रिया संक्रमित छन् ।

त्यसैगरी भक्तपुरमा १ हजार ४ सय ३५ र ललितपुरमा २ हजार ५ सय २० सक्रिय संक्रमित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय