झापाका २५ जना कोरोना संक्रमितको मृत्यु

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।दमकमा थप एकजनाको मृत्यु भएसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको हो ।

विराटनगरको म्याक्स हस्पिटलमा दमक नगरपालिका १ की ५६ वर्षीया चौधरी थरकी महिलाको मृत्यु भएको हो ।

असोज २७ गते विराटनगरको न्युरो हस्पिटलमा ती महिलालाई कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि ती महिलालाई घर ल्याएर होमआइसोलेसनमा राखिएको थियोे । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका फेरि विराटनगर लगिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२पुगेको छ ।

झापामा २५ जनाको मृत्यु भएपनि उपचारका क्रममा काठमाडौँमा मृत्यु भएकी अर्जुनधारा एककी एक महिला र दमकका एक पुरुषको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालय झापासँग छैन ।

काठमाडौँमा मृत्यु भएकाले रेकर्ड उनीहरूको रेकर्ड जिल्लामा नभएको जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय