परिवारभित्रै दशैं मनाउँदैछुः निर्देशक डा. गिरी

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक १० गते ९:५४

हिन्दुहरुको सबैभन्दा ठूलो चाड बडा दशैंलाई कोरोना महामारीले परिवारमै सीमित गरिदिएको छ ।

महामारीका कारण कति त घरसम्म पनि पुगेका छैनन् भने पुग्नेहरु पनि घरभित्र दशै मनाउँदैछन् ।

 

त्यसैमध्येका एक हुन् लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी पनि ।

उनले परिवारभित्रै रहेको दशैं मनाउँदैछन् ।

जतातनै कोरोनाको संक्रमण छ डा. गिरीले भने त्यसैले यो दशैं घरमित्रै मनाउँदैछु ।

 

स्वास्थ्यकर्मीका मात्र होइन र लुम्बिनी प्रदेशको निर्देशकको नाताले सबैलाई दशैंको टिका र आर्शिवाद परिवारभित्रै रहन अनुरोध गरेका उनि आफु पनि परिवारभित्रै दशैं मनाउन लागेको बताए ।

उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । अहिलेको दशैं पाँच जनाभित्र नै हुदैछ निर्देशक डा. गिरीले भने, यो अवस्थामा परिवार बाहिर जाँदा जोखिम बढी हुन्छ ।

उनले लुम्बिनी प्रदेशभित्रका स्वास्थ्य संस्थामा कोभिड १९ को उपचार, रोकथामका साथै इमरजेन्सी स्वास्थ्य उपचार नरोकिने बताए ।

प्रदेश अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुका प्रमुखलाई पत्राचार गरि तोकिएका सेवाहरु नरोक्न निर्देशन दिएको डा. गिरीले बताए ।

त्यसरी पत्राचार भएका स्वास्थ्य संस्थाहरुमा प्रादेशिक अस्पतालहरुका साथै जिल्ला अस्पतालहरु रहेका छन् ।

ति अस्पतालले कोभिड १९ का बिरामीलाई दिने नियमित सेवाहरु दिनेछन् भने प्रादेशिक र जिल्ला अस्पतालहरुले इमरजेन्सी सेवा समेत दिनेछन् ।

त्यसका साथै आमा सुरक्षाका साथै इमरजेन्सी अपरेशन समेत रोकिने छैन् ।

अस्पतालमा भर्ना गरेर उपचार दिनुपर्ने बिरामीले समेत सेवा पाउने डा. गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय