आइतबार थपिए २८५६ नयाँ संक्रमित, उपत्यकाका १५३५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा दुई हजार आठसय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्रै आइतबार एक हजार पाँचसय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार तीनसय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो। आइतबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार तीनसय ३६ जना डिस्चार्ज भएका छन्।

संक्रमितमध्ये ७०.६ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या एकलाख ११ हजार ६ सय ७० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय