कोरोनाका कारण यसपाली कांग्रेसकाे चियापान कार्यक्रम नहुने

प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसपाली कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने भएको छ।

विसं २०३४ सालदेखि गरिँदै आएको चियापान कार्यक्रम यसपटक कोभिड–१९ का कारण स्थगित गरिएको कांग्रेसले जनाएको छ।

आइतबार एक विज्ञप्ती जारी गर्दै ४३ वर्षपछि पहिलो पटक कोरोना महामारीका कारण चियापान कार्यक्रम स्थगित गरेको जनाएको छ।

साथै कांग्रेसले यो अवस्थामा सबैले सचेतना अपनाउँदै परिवारभित्रै दशैं मनाउन पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय