नेकपा नेता शर्मालाई कोरोना पुष्टि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मालाई कोरोना पुष्टि भएको छ।

आइतबार बिहानै समाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेभिट आएको जानकारी गराउँदछु।’

साथै उनले आफूसँग सम्पर्कमा रहेका सम्पूर्णलाई सचेतना अपनाउन पनि अनुरोध गरेका छन्।

उनले अघि भनेका छन्, ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरुलाई सतर्क रहन र केही समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन पनि अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय