परीक्षण घटेपछि संक्रमितको संख्या पनि घट्यो

शुक्रबारको तुलनामा नेपालका कोरोना संक्रमितको संख्या झण्डै आधा देखिएको छ। शुक्रबार देशभर चार हजार चारसय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

शनिबार भने, त्यसको झण्डै आधाजति दुई हजार दुईसय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसको कारण भने नेपालमा कोरोना संक्रमणको दर कम भएको भने पक्कै होइन।

पिसिआर परीक्षणको दायरा घटाउँदा शनिबार संख्यामा कमि आएको हो। पछिल्लो २४ घण्टामा १३ हजार आठसय ८६ पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसको तुलनामा शनिबार भने, १६ हजार आठसय ६३ जनाको पिसिआर परीक्षण गरिएको थियो। पिसिआर परीक्षण घटाउँदा देशभरको मात्रै होइन, कोरोना हटस्पट बनेको उपत्यकामा पनि संक्रमितको संख्या कम देखिएको छ।

शुक्रबार उपत्यकामा करिब दुई हार सातसय बढीमा कोरोना देखिको थियो। शनिबार भने, त्यसको आधा भन्दा कम एक हजार एकसय १० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ६ सय ८१ पुरुष र चासय २९ जना महिला संक्रमित भेटिएका छन्।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। शनिबार सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार दुईसय १७ जना संक्रमित थपिएका छन्।

यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन्। नेपालमा हालसम्म निको हुनेको संख्या एक लाख आठ हजार तीनसय ३४ रहेको छ। पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयका अनुसार नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय