नेपालगञ्जका वडास्तरमा तोकिए कोरोना फोकल पर्सन

नेपालगञ्जमा कोरोना संक्रमित व्यक्तिहरुलाई होम आइसोलेसनमा बस्न तथा आइसोलेसनमा बस्नका लागि समन्वय गर्न वडास्तरमा कोरोना फोकल पर्सन तोकिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बस्न चाहने वा विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसनमा बस्न समन्वय गर्नका लागि वडास्तरमा फोकल पर्सन तोकिएको हो।

सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइसोलेसनमासमेत बस्नसक्ने मापदण्ड बनाएको छ। यस अनुसार जिल्लामा पनि होम आइसोलेसनमा बस्नेहरुको संख्या धेरै छ।

यसरी होम आइसोलेसनमा बस्दा वडास्तरीय कोरोना फोकल पर्सनसँग समन्वय गरेर बस्न सजिलो बनाउन र आइसोलेसनमा बस्नका लागि वडास्तरमै यस्तो व्यवस्था गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेजबहादुर वलीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय