बाँकेका सहायक प्रजिअ प्याकुरेललाई कोरोना पोजेटिभ

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा असजिलो महशुस भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बुधबार कोरोना परीक्षणका लागि भेरी अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए।

त्यसको परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए। उनले भने, ‘शरीर दुख्ने समस्या भए पनि अन्य समस्या भने देखिएको छैन।’

सहायक प्रजिअ प्याकुरेलले स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताँउदैे हल्का शरीर दुखे पनि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासको समस्या नदेखिएको बताए।

प्याकुरेल अहिले कार्यालयकै क्वाटरमै आइसोलेसन बसेका छन्। प्याकुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा पनि कोरोना प्रवेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय