गौरीगञ्जमा ५ वेडको कोभिड अस्पताल
झापाको गौरीगञ्ज गाउँपालिकाले ५ वेडकोे कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
गौरीगञ्ज ६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा कोभिड अस्पताल आएको उपाध्यक्ष दिपीन्द्र थापाले बताए ।
संघीय सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँ र गाउँपालिकाले केही रकम खर्चेर अस्पताल सञ्चालनमा ल्याइएको हो ।
सरकारको प्रत्येक स्थानीय तहमा कोभिड अस्पताल स्थापना गर्न दिएको निर्देशन र कोरोना संक्रमण बढ्दै गएपछि अस्पताल स्थापना गरिएको हो ।
अस्पतालमा भेन्टिलेटर बाहेक सबै सेवा उपलब्ध रहेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । भेन्टिलेटर जडान गर्ने तयारी भइरहेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
अस्पताल व्यवस्थापनको जिम्मा गौरीगञ्ज ६ का वडाध्यक्ष बद्रीनारायण यादवलाई दिइएको छ । अस्पतालमा डा. नविन घिमिरे , स्टाफनर्स एञ्जिला खड्का र बिनिता लुइटेलले सेवा दिने छन् ।
सुरक्षाको प्रबन्ध इलाका प्रहरी कार्याल गौरीगञ्जले मिलाउने प्रहरी निरीक्षक राकेश रेग्मीले बताए ।