काठमाडौं उपत्यकामा २७२० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार सात सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जसमध्ये एक हजार ६ सय २८ जना पुरुष संक्रमित भएका छन् भने एक हजार ९२ जना महिला संक्रमित भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौं २० हजार एकसय ९६ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म उपत्यकामा मात्रै एकसय ८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भइसकेको छ। ३३ हजार आठसय ६३ जनाले कोरोना जितेका छन्।

उपत्यकाकै भक्तपुरमा एक हजार तीनसय ६५ जना सक्रिय संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार यहाँ तीन हजार ६ सय २९ जनाले कोरोना जितेका छन् भने, कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भइसकेको छ।

यस्तै, जनघनत्व बढी भएको ललितपुरमा पनि शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या दुई हजार पाँचसय ७४ पुगेको छ। हालसम्म ललितपुरमा चार हजार ९ सय ३३ जनाले कोरोना जितेका छन् भने, ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस्तै, शुक्रबार देशभर गरिएको १६ हजार आठसय ६३ पिसिआर परीक्षममा चार हजार चारसय ९९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितमध्ये दुई हजार आठसय नौ जना पुरुष रहेका छन् भने, एक हजार ६ सय ९० जना महिला छन्।

मन्त्रालयका अनुसार शुक्रबार प्रदेश १ मा चारसय ८०, प्रदेश २ मा एकसय १७, बागमती प्रदेशमा तीन हजार दुई सय २५, लुम्बिनीमा चारसय २८, गण्डकीमा एकसय ४०, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै देशभरमा दुईसय ९० जना आईसियूमा बसेका छन् भने, ६९ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै होम आइसोलेसनमा ३१ हजार सातसय २७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २६ घन्टामा दुई हजार ६ सय ६८ जनाले कोरोना जितेका छन्। कोरोना संक्रमणबाट शुक्रबार १७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय