४ हजार ४ सय ९९ कोरोना संक्रमित थपिए, १७ मृत्यु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ७ गते १६:२७

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका ४ हजार ४ सय ९९ संक्रमित थपिएका छन् ।

२४ घण्टामा १६ हजार ८ सय ६३ जनाको नमूना परीक्षण गर्दा २ हजार ८ सय ९ पुरुष र १ हजार ६ सय ९० महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

२४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ७ सय २० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा सक्रिया संक्रमितको संख्या २० हजार १९६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय