क्यान्सर अस्पतालमा दशैँमा पनि पिसिआर परीक्षण हुने

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दशैँको दिनमा पनि कोभिड–१९(पिसिआर) परीक्षण हुने भएको छ ।

चाडपर्वको समयमा बिरामीलाई विशेष ध्यान दिँदै कोभिड–१९ प्रयोगशाला सञ्चालन गरिने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले दशैको दिनमा दिउँसो २ देखि ३ बजेसम्म प्रयोगशाला खुल्ला गरिने जानकारी दिनुभयो ।

जिल्लामा तीन वटा कोभि–१९ प्रयोगशाला रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले दशैँको समयमा आलोपालो सेवा दिन अनुरोध गरेको छ ।

भदौ २४गतेदेखि परीक्षण सुरु गरेको क्यान्सर अस्पतालले अहिलेसम्म ५ हजार ८ सय ५० वटा स्वाब परीक्षण गरेको छ । जसमा ६ सय ८४ जनामा कोभिड–१९ पोजिटिभ देखिएको छ ।

त्यसमध्ये १ सय २७ जनामा क्यान्सर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी रहेका छन् । जसमा ८८ जना निको भएको नर्सिङ इन्चार्ज सविता पन्थिले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा चिकित्सक १८, नर्स ४५, कार्यलय सहयोगी ३९, इन्जिनियर ५ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय