चितवनमा संक्रमित हुनेको संख्या ३५सय नाघ्यो

हेल्थपोस्ट/भरतपुर
प्रकाशित
२०७७ कार्तिक ७ गते १४:३३

चितवनमा पछिल्लो चौबिस घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा पुष्टि भएको हो ।

यससंगै जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार ५ सय ७० पुगेको छ । संक्रमित हुनेमा २ हजार १ सय ३९ पुरुष र १ हजार ४ सय ३१ महिला छन् ।

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा २ हजार ४ सय १ जना छन् । त्यस्तै रत्ननगरमा ४ सय ६०, खैरहनीमा २ सय ६६, राप्तीमा २ सय २८, कालिकामा १ सय ७, माडी नगरपालिकामा ८२ र इच्छाकामना गाउँपालिकामा २६ जनामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएका मध्ये २ हजार ६६ जना निको भएका छन् । अहिले चितवनमा १ हजार ४ सय ५८ जना संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

यस्तै, चितवनमा कारोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् । त्यसपछि रत्ननगर नगरपालिकामा ६, राप्ती र कालिकामा समान ५÷५ र खैरहनीमा ४ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय