सुर्खेतमा डेंगु प्रकोप, ‘खोज र नष्ट गर’ अभियान

सुर्खेतमा डेंगु संक्रमितहरुको संख्या बढ्न थालेपछि लामखुट्टेको लार्भा खोज्ने र मार्ने अभियान थालिएको छ ।

गत साउन यता मात्र एक सय दुई जनामा डेंगुको संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने (सर्च एण्ड डिस्ट्रोइ अभियान सुरु गरेको हो ।

कार्यालयले सात सदस्यीय समितिको समेत गठन गरेर डेंगुको संक्रमण रोकथामका लागि एक हप्ते अभियान सञ्चालन गरेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उक्त समितिले सर्वसाधारणलाई डेंगुका वारेमा जानकारी दिनुका साथै लामखुट्टेको लार्भा नष्ट गर्न समेत भुमिका निर्वाह गर्नेछ ।

सुर्खेतका १०२ जना डेंगु संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिकामा मात्रै ९० जना छन् ।

डेंगु हुँदा बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, हाडजोर्नी, मांशपेशी, ढाड दुख्ने, एक्कासी उच्च ज्वरो आउनु, ५–७ दिनसम्म नियमित ज्वरो आइरहनु, शरीरमा विविरा आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने डेंगुका लक्षण देखिन्छ ।

कोरोना भाईरस (कोभिड–१९) र डेंगुका लक्षण केही मिल्ने भएकाले पनि कोरोना जाँच गर्न आएकालाई डेंगु पनि जाँच गराउन सल्लाह दिने गरिएको वाग्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय