बिर्तामोडमा ५ वेडको कोभिड अस्पताल

झापाको बिर्तामोड नगरपालिकाले बुधबारदेखि ५ वेडको कोभिड अस्पताल संचालनमा आएको छ ।

बिर्तामोड ३ मा रहेको स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको हो । त्यहाँ २५ वेडको संचालित थियो ।

सरकारले दिएको निर्देशन अनुरुप कोभिड अस्पताल संचालनमा ल्याइएको उपप्रमुख पवित्रा महतारा प्रसाईंले बताइन् ।

सरकारले स्थानीय तहलाई न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन सहित कोभिड अस्पताल संचालन गर्न निर्देश गरेको छ ।

सोही अनुरुप बिर्तामोड नगरपालिकाले आइसोलेसनसहितको कोभिड अस्पताल संचालनमा ल्याएको हो । अस्पतालको उद्घाटन नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका हुन् ।

सो अस्पतालमा एक जना डाक्टर र २ जना नर्स सहितले २४ सै घण्टा सेवा प्रदान गर्ने उपप्रमुख प्रसाईंले बताइन् । कोभिडको उच्च जोखिममा रहेकाहरुलाई अस्पतालमा राखेर उपचार गरिनेछ ।

बिर्तामोड नगरपालिकामा हालसम्म १४७ जना संक्रमित छन् ।

९३ जना होम आसोलेसन, तीनजना नगरले निर्माण गरेको आइसोलेसनमा र तीनजना अन्य अस्पतालमा उपचाररत छन् ।

बिर्तामोडमा कोरोना सक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय