कोरोना हटस्पट उपत्यकामा २३ हजार बढी सक्रिय संक्रमित, २ सय ७२को मृत्यु

कोभिड १९ महामारीको प्रमुख हटस्पट बनेको काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २३ हजार नाघेको छ ।

बुधबार २० हजार ११८ नमूना परीक्षण गर्दा संक्रमितको संख्या ५ हजार ७ सय ४३ जनामा पोजेटिभ देखिएको थियो ।

यो आधारमा पोजेटिभ प्रतिशत २८ दशमलव ४५ छ । संक्रमितको ५४ प्रतिशत उपत्यकाभित्रै छ ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै १८ हजार ८सय ३२ संक्रिया संक्रमित छन् ।

५० हजार ६ सय ५ कुल संक्रमित रहेको काठमाडौमा ३१ हजार ६सय १ जनाले कोरोना जितेका छन् ।

उपत्यकामा २ सय ७२ जनाको ज्यान कोरोनाका कारण गइसकेको छ । जसमध्ये काठमाडौंमा १७२ जना छन् ।

संक्रमित मध्ये काठमाडौंमा १० हजार ५ सय १, भक्तपुरमा १ हजार ५ सय ६२, ललितपुरमा २ हजार ७ सय १४ जना होम आइसोलेसनमा छन् ।

त्यसैगरी भक्तपुरमा ४ हजार ८ सय ९ कुल संक्रमित रहेकोमा १ हजार ३ सय ८ सक्रिया संक्रमित छन् । भक्तपुरमा ४८ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी ललितपुरमा ७ हजार १ सय ६७ कुल संक्रमित रहेकोमा ४ हजार १ सय २६ जनाले कोरोना जितेका छन् भने २ हजार ९ सय ८९ जना सक्रिया संक्रमित छन् ।

ललितपुरमा ५२ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित मध्ये काठमाडौंमा १० हजार ५ सय १, भक्तपुरमा १ हजार ५ सय ६२, ललितपुरमा २ हजार ७ सय १४ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये उपत्यकामा मात्रै ३ हजार १ सय ७ जना छन् । जसमा महिला १ हजार ६९ र पुरुष संक्रमितको संख्या १ हजार ८ सय ३८ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय