देशभर थपिए ५,७४३ संक्रमित, उपत्यकामा मात्रै ३,१०७

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ५ गते १६:३७

विश्वव्यापी महामारीको रुपमा लिएको कोरोनाका एकै दिनमा ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २० हजार ११८ नमूना परीक्षण गर्दा झण्डै २५ प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा मात्रै ३ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १७३ र ललितपुरमा ५ सय ४३ जना नयाँ संक्रमित भेटिएका छन् ।

२४ घण्टामा २ हजार ९ सय९६ जना डिस्चार्ज भएका गौतमले जानकारी दिए । यो आधारमा नेपाल कोरोना निको हुने दर ६८ दशमलव ७ प्रतिशत छ ।

मन्त्रालयका अनुसार देशभर २ सय ६९ जना संक्रमित आइसियु र ८७ जना भेन्टिलेटरमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय