भक्तपुर क्यान्सर अस्पतालको आन्दोलन स्थगित

समयमा तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीले बुधबार आन्दोलन स्थगित गरेका छन् ।

माग पुरा भएका कारण दशैसम्मको लागि आन्दोलन स्थगितगरी सबै सेवा सुचारु गर्ने उनीहरुको भनाई छ ।

भाद्रदेखिको तलब नपाएको भन्दै उनीहरुले कार्तिक १ गतेदेखि आन्दोलनमा सुरु गरेका थिए ।

कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले बुधबार विहान १० बजे प्रशासनबाट तलबको चेकमा दस्तखत भयो भनेर खबर आएपछि आन्दोलन स्थगित गरेको बताए ।

अहिलेको माग पुरा भएका कारण दशैं सम्मको लागि आन्दोलन स्थगित गरी सबै सेवा सुचारु गर्ने निर्णय भएको उनले जानकारी गराए ।

भक्तपुर क्यान्सर अस्पतालमा प्रशासन प्रमुख राजाराम तजलेले मंगलबार आन्दोलन कर्मचारीहरुले माग पुरा नभएको खण्डमा अस्पतालका अकस्मिक बाहेक अरु सबै सेवा बन्दको चेतावनीपछि पहल थालेको सुनाए ।

उनले यस्तो अवस्था नआओस् भनेर मंगलबार नै अध्यक्ष महेश श्रेष्ठसँग कुराकानी गरेर तलब दिने चेकमा दस्तखत गराएको उनले बताए ।

अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै १४ महिनाअघि स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले अस्पताल संचालक समिति भंग गरेर नयाँ समिति बनाएको थियो ।

तर अदालतमा मुद्धा परेपछि स्थानीय सरकारले घोषणा गरेको नयाँं व्यवस्थापन समिति अहिले निस्क्रिय छ । सो समयदेखि नै अस्पताल विवादमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय