नवलपरासीमा संक्रमितलाई अक्सिजन दिने ठाउँ समेत छैन, दश जनाको गयो ज्यान

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक ५ गते ११:१४

कोरोना महामारी फैलिएको सात महिना पूरा भइसक्दा पनि नवलपरासीमा कोभिड १९ का बिरामीका लागि अक्सिजन दिने ठाउँ बन्न सकेको छैन् ।

यसले कोरोना संक्रमणबाट प्रभावित बनेका बिरामीको ज्यान जाने जोखिम निम्ताएको छ ।

नवलपरासी लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको गृह जिल्ला हो ।

नवलपरासीमा ६ वटा आइसोलेसनमा ७८ बेड रहेको भएपनि ति कुनै बेडमा बिरामीका लागि अक्सिजनको व्यवस्था गरिएको छैन् ।

कोरोनाका बिरामीमा समस्या देखिए त्यहाँबाट बुटवलका कोभिड अस्पतालहरुमा ल्याउनुपर्ने बाध्यता छ ।

नवलपरासीमा अहिलेसम्म १० जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

बर्दघाट नगरपालिकाको चिसापानी अस्पतालमा अक्सिजन सहितको बेड तयार गर्ने योजना भएपनि काम हुन नसकेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक बताउँछन् ।

‘जिल्लामा कोरोना संक्रमितका लागि अक्सिजन दिने ठाउँ बनाउन सकिएको छैन् ’ प्रजिअ पाठकले भने ।

जिल्लामा शब बाहनका लागि बजेट उपलब्ध भएको छ शब बाहन किन्न सकिएका छैन् ।

उतातिर (चिसापानी अस्पताल) सकिएन भने अब सुनवल नगरपालिकासँग मिलेर अक्सिजन सहितको आइसोलेसनको व्यवस्था गर्न प्रयास थाल्ने उनको भनाई छ ।

बर्दघाटको चिसापानीमा अक्सिजन सहितको आइसोलेसन तयार गर्न सके चिसापानी अस्पतालका स्वास्थ्यकर्मी परिचालन गर्न सजिलो हुने देखिएकाले प्रयास गरिएको प्रजिअ पाठकले बताए ।

चिसापानीका स्वास्थ्यकर्मी र प्रत्येक पालिकाबाट २/२ जनाका दरले स्वास्थ्यकर्मी ल्याएर आइसोलेसन चलाउन सकिन्छ भन्ने हाम्रो सोच हो उनले भने ।

जिल्लामा रहेका ७ वटा पालिकाबाट १०/१० लाख र प्रदेश सरकारबाट २० लाख बजेट व्यवस्थापन गरी काम गर्ने भनिएको भएपनि भवन निर्माणको कामले गति नलिदा अलमल परेको उनको भनाई छ ।

बर्दघाट नगरपालिकाका स्वास्थ्य प्रमुख माधब ज्ञवालीले आइसोलेसनका लागि बनाइएको भवनको ६० प्रतिशत काम सकिएको भएपनि पछिल्लो पटक काम अगाडी बढ्न नसकेको बताए ।

असारसम्म दु्रत गतिमा काम भएको थियो उनले भने त्यसपछि अस्पताल व्यवस्थापन समिति पूर्ण हुन नसक्दा कामले गति लिएन ।

असोज महिनामा समिति पूर्ण भएको र काम अगाडी बढ्ने जानकारी पालिकामा आएको भएपनि नगरप्रमुख र स्वास्थ्य प्रमुख (आफु) नै कोरोना पोजेटिभ देखिएपछि पुनः रोकिएको उनको भनाई छ ।

स्वास्थ्य संयोजक ज्ञवालीका अनुसार बर्दघाट नगरपालिकाले उक्त आइसोलेसन भवन निर्माणका लागि आर्थिक बर्ष २०७६/७७ मा ६८ लाख खर्च गरेको छ भने चालु आर्थिक बर्षका लागि २० लाख बजेट बिनियोजन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय