अफिन अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ५ गते १०:०७

निजी अस्पतालहरुका साझा संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का

अध्यक्ष एवं नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ ।

चौधरीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ

आएको भन्दै सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

संक्रमण पुष्टिपछि उनी घरमै आइसोलेसनमा छन् ।

चौधरीले आफूमा केही लक्षण देखिएपनि कुनै जटिलता नभएको उल्लेख गरेका छन् ।

‘गत पाँच दिनमा मसँग जो/जो सम्पर्कमा आउनुभएको छ, कृपय आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् र आवश्यक सावधानी अपनाउनुहोस्’ चौधरीले ट्वीट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय