झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ५ गते ८:४४

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । हिजो एकैदिन तीन जनाको मृत्यु भएको थियो ।

हिजो मृत्यु हुनेमा दमक र भद्रपुरका दुई पुरुष तथा बिर्तामोडमाका एक महिला छ्न् ।

दुबै पुरुषको साँझ र महिलाको बिहान मृत्यु भएको हो । भद्रपुर नगरपालिका ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए ।

कात्तिक २ गते संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिँदै थियो । त्यस्तै दमक १० का ६५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

उनलाई असोज २८ गते कोरोना पुष्टि भएको हो ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइएको थियो । अवस्था नाजुक भएपनि उनलाई घर ल्याएर होम आइसोलेसनमा राखिएको थियो ।

बिर्तामोड ४ की ७६ वर्षीया बृद्धाको विराटनगरको विराट मेडिकल हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई केही दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय