थपिए ३ हजार ९३ संक्रमित, उपत्यकामा १ हजार ७ सय २

देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्य उपत्यकामा १ हजार ७ सय २ जना काठमाडौं उपत्यकामा छन्।

योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

काठमाडौंमा १४३१, भक्तपुरमा १४८ ललितपुरमा १२३ जना संक्रमित थपिएका छन्।

देशभर १३ हजार ८ सय ६१ पिसिआर परीक्षण गरिएको मन्त्रालले जनाएको छ।

देशभर ४१ हजार ७७५ सक्रिय संक्रमित छन्।

यो अवधिमा थप ८ जनाको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुनेको संख्या ७६५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय