कोरोना उपचार सहज बनाउन सःशुल्क गर्ने निर्णय : मन्त्री ढकाल

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ४ गते १७:०५

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुल्क तिर्न सक्ने र चाहानेलाई सहज अवसर उपलब्ध गराउँन सरकारले सःशुल्क कोरोना उपचारको व्यवस्था गरेको दावी गरेका छन ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विशेष मन्तव्य दिँदै ढकालले सुरुदेखि नै कोरोनाको परीक्षण निःशुल्क गर्दै आएकोमा नागरिकको माग र चाहानाअनुसार नै सहशुल्क रुपमा निजी गर्ने व्यवस्था मिलाइएको समेत दावी गरे ।

ढकालले कोरोनाको उपचारमा सामाजिक न्यायसहितको समानता स्थापित गर्नका लागि स्वास्थ्यकर्मी, विपन्न, अपाङ, एकल महिला, जेष्ठ नागरिकको उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइएको दावी गरे ।

उनले उपचारका क्रममा बिरामी पक्षले उपचार खर्च नभएको स्वघोषणा गरेमा कुनै निकायको सिफारिसविना नै सरकारले उपचार खर्च बेहोर्ने समेत बताए ।

ढकाललले शब व्यवस्थापन प्रोटोकलमा सामान्य परिमार्जनगरी मृतक परिवारको रितीरिवाजअनुसार गर्नसक्ने व्यवस्था मात्रै गरिएको भन्दै सेनाले गर्ने व्यवस्था यथावत रहेको बताए ।

३ हजार ५०० एचडियु थपिँदै
मन्त्री ढकाल देशभर २ हजार ६०० आइसियु तयारी रहेको र ४ सय आइसियु थपिने क्रममा रहेको समेत दावी गरे ।

उनले जटिल अवस्था भएका संक्रमितको उपचार सहजताका लागि देशभर ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट बेडसमेत छिट्टै थपिने जानकारी दिए ।

कुनै पनि स्वास्थ्य संस्था नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरिने तयारी रहेको भन्दै ढकालले अहिले भइरहेका अस्पतालहरुमा समेत बेड संख्या थप गरेर देशभर ६ हजार २ सय बेड थप्ने तयारी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय