क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीले दुई महिनादेखि तलब पाएनन्, सेवा रोकेर आन्दोलनमा

भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

दिनरात नभनी बिरामीहरुलाई उपचारमा खटिएका कर्मचारीहरुले भाद्र, असोज र दशैं भत्ता नपाएपछि आन्दोलन गरेका हुन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी ओपिडीलगायतका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार आधा घन्टा र मंगलबार दुई घन्टाका लागि सेवा बन्द गरेका थिए ।

आन्दोलनमा क्यान्सर अस्पतालका तीन सय जना कर्मचारी नै सहभागी रहेको भक्तपुर क्यान्सर अस्पतालमा प्रशासन प्रमुख राजाराम तजलेले बताए ।

क्यान्सर अस्पताल व्यवस्थापन समितिका मनोनित अध्यक्ष महेश श्रेष्ठले कर्मचारीको तलब दिने चेकमा दस्तखत नगरेपछि आन्दोलनको अवस्था आएको तजलेको भनाई छ ।

आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले वार्ता र सहमतिको पहल भइरहेको छ । तलब र पेश्की पाउँनासाथ सेवामा फर्किने आन्दोलनरत कर्मचारीको भनाई छ ।

कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले अस्पताल व्यवस्थापन समिति स्वयम् अबैध भएको आरोप लगाए । उनले १४ महिनादेखि व्यवस्थापन समितिमा को–को छन भन्ने समेत थाहा नभएको बताए ।

अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै १४ महिनाअघि स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले अस्पतालको पुरानो संचालक समिति भंग गरिदिएको थियो ।

सोलगतै अदालतमा मुद्दा परेपछि स्थानीय सरकारले घोषणा गरेको नयाँं व्यवस्थापन समिति अहिले निष्क्रिय छ ।

यसकारण यहाँं यहीवेलादेखि अस्पताल विवादमा चल्दै आएका छ । कोही नयाँं व्यवस्थापन समिति अनुसार चल्नुपर्ने पक्षमा छन भने कोही पुरानै व्यवस्थापनका अनुसार चल्नुपर्ने पक्षमा छन् ।

स्वास्थ्यकर्मीहरु भने राजनीति र व्यस्थापनको झगडाको चपेटामा सेवाप्रदायक परेको बताउँछन् ।

‘दशै आइसकेको छ, अब बैंक जम्मा दुई दिन खोल्छ होला तर हाम्रो तलब भने राखिदिने टुंगो छैन्,’ धुख्वाले भने ।

महामारीका समयमा अस्पतालमा कार्यरत ३० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भइसकेका छन्। अस्पतालका १७ स्वास्थ्यकर्मी अहिले पनि आइसोलेसनमा छन् ।

धुख्वाका अनुसार अध्यक्ष श्रेष्ठले तयार भएको चेकमा हस्ताक्षर गर्नबाट पन्छिन लेखाका कर्मचारीलाईसमेत झुलाईरहेका छन् ।

आजै चेकमा दस्तखत भएन भने भोलीदेखि आकस्मिकबाहेक अरु सेवा सबै बन्द गर्ने उनले चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय