वीरका स्वास्थ्यकर्मीको माग-‘कि जोखिम भत्ता देऊ, नत्र पदाधिकारीको राजिनामा’

सरकारले कोरोना अस्पताल बनाइसकेको वीरमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।

महामारीका समयमा तोकिएअनुसार जिम्मेवारी वहन गर्दासमेत चैतदेखि नै कुनै पनि भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका छन् ।

करारमा कार्यरत कर्मचारीले लामो समयदेखि तलबसमेत नपाएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

उनीहरुले आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीको कार्यालयअगाडि धर्ना एवं नारावाजीसमेत गरेका थिए ।

ज्ञापनपत्रलगायत विभिन्न माध्यामबाट बारबार ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पताल इकाई अध्यक्ष खुबराज आचार्यले मौखिक र लिखित रुपमा भन्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर कात्तिक २ गतेदेखि आन्दोलनमा उत्तिएको बताए ।

आचार्यले जेठदमै ज्ञापनपत्र बुझाएको र अहिलेसम्म भत्ता नपाएको बताए । ‘सधै मिलाउँछौ, हामी गछौं, भनेर टार्ने काम मात्रै भयो, काम भएन,’ उनले भने ।

‘माग पूरा गर्न नसके अहिलेका पदाधिकारीहरुले राजिनामा दिनुपर्छ,’ उनले भने, ‘पदमा बसेर केही गर्न नसक्ने पदाधिकारी किन चाहियो ?’

स्वास्थ्यकर्मीहरुले १८ दिन अगाडी पनि ज्ञापनपत्र बुझाएका थिए ।

उनले कार्तिक १ गते प्रगति अवस्था बुझ्न पदाधिकारीलाई भेट्दा पदाधिकारीले उल्टै हप्काएको आरोप लगाए ।

सोलगतै आक्रोशित स्वास्थ्यकर्मीले पदाधिकारी कक्षको बाहिर ताला लगाइदिएका थिए । सोपश्चात प्रशासनले प्रहरीको सहयोग लिएर ताला खोलेको थियो ।

स्वास्थ्यकर्मी अहिले सेवा रोकिने र उपचाररत बिरामीमाथि असर नपर्नेगरीमात्रै आन्दोलन गरेको दावी गरेका छन् ।

आचार्यले माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताए । ‘माग पूरा गर्न नसके अहिलेका पदाधिकारीहरुले राजिनामा दिनुपर्छ,’ उनले भने, ‘पदमा बसेर केही गर्न नसक्ने पदाधिकारी किन चाहियो ?’

जोखिम भत्ता, तलबसँगै स्वास्थ्यकर्मीले प्रयाप्त सुरक्षा सामग्रीसमेत पाएका छैनन्। हालसम्म अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसमेत गरी १७० जना कोभिड संक्रमणको चपेटामा परिसकेका छन् ।

‘मास्क, पञ्जा, पिपिई नभएकै कारण आकस्मिक कक्षमा कार्यरत २० मध्ये १८ जना चिकित्सक संक्रमित भइसके ।’ आचार्यले भने ।

कर्मचारी र स्वास्थ्यकर्मीको समयमै कोरोना बिमा नगरेकै कारण ८० जनाभन्दा धेरै स्वास्थ्यकर्मी र कर्मचारी बीमा सुविधाबाट समेत वञ्चित भएको स्वास्थ्यकर्मी नेताहरुको आरोप छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले चैत ३ गते नै कोभिड– १९ को उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम दिने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय