काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका युवाको मृत्यु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ३ गते १२:३८

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजेतिर उनी अस्पतालको तलाबाट हाम्फालेका थिए। २६ वर्षीय उनको उपचारका क्रममा मृत्यु भएको हो।

उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। भर्ना गरेर कुर्न बसेकी उनकी आमा औषधी किन्न गएका बेला उनले हाम्फालेका हुन्। उनी सोलुखुम्बुका हुन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय