कोरोनाबाट अस्पताल सञ्चालकको मृत्यु

कोरोना भाइरस डिजिज (कोभिड १९)बाट एक निजी अस्पतालका सञ्चालकको ज्यान गएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ संचालित मोरङ हस्पिटल प्रा. लि. का संचालक ५३ वर्षे रामकाजी थापाको मृत्यु भएको हो ।

थापालाई २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै पनि दीर्घरोग थिएन ।

कोरोना संक्रमण पुष्टी भएपछि बिराटनगरस्थित न्युरो कोभिड अस्पतालको सघन उपचार कक्षमा उपचाररत थापाको सोमबार विहान मृत्यु भएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

उनी अस्पतालमा एक्सरे प्रविधिकको रुपमा कार्यरत थिए । सोही क्रममा संक्रमण भएको आशंका गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय