कोरोना संक्रमितलाई अस्पतालबाट १० दिनमै डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल तथा आइसोलेसन सेन्टरबाट १० दिनमा नै डिस्चार्ज गर्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो ३ दिनमा कोरोनाको लक्षण तथा चिन्ह नदेखिएमा १० दिनमै संक्रमितलाई डिस्चार्ज गर्न सकिन्छ।

हाल अस्पतालका सबै बेड भरिभाउ भएपछि मन्त्रालयले सो निर्णय गरेको हो।

आइतबार मात्रै देशभर ३९ हजार ३ सय ४१ संक्रिय संक्रमित रहेका छन्।

त्यसैगरी, मन्त्रालयले १० दिनमा डिस्चार्ज भएको व्यक्तिलाई ७ दिन अनिवार्य रूपमा होम आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

यसअघि लक्षण नभए १४ दिनपछि डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय