स्वास्थ्य मन्त्रालयले भन्यो— सबै अस्पतालले कोरोना उपचारको लागि ५० प्रतिशत बेड छुट्याउनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारको लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ।

आइतबार कोरोना अपटेड मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो निर्णय भएको बताए।

‘अब देखि निजि, सहकारी, सामुदायिक, मेडिकल कलेज तथा सरकारी अस्पतालले कम्तीमा पनि ५० प्रतिशत संक्रमितको उपचारको लागि छुट्याउन पर्ने छ,’ डा. गौतमले भने।

आइसियु लगायतका पूर्वाधारहरू कोभिड १९ को व्यवस्थापनका लागि छुटयउन डा. गौतमले अनुरोध गरे।

यसभन्दा अगाडी संक्रमितको उपचारको लागि निजि तथा सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेडको व्यवस्था गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय