देशभर २ हजार ९४२ जनामा कोरोना, उपत्यकामा १६९८

पछिल्लो २४ घन्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले

आज थपिएका सँगै १ लाख ३२ हजार २ सय ४६ जनालाई संक्रमण पुष्टि भइसकेको बताए।

काठमाडौं उपत्यकामा आज थप १ हजार ६ सय ९८ जना संक्रमित थपिएका छन्। जसमध्ये १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १२० जना रहेका छन्।

आइतबार देशभर ३९ हजार ३ सय ४१ संक्रिय संक्रमित र होम आइसोलेसनमा २६ हजार ४ सय ८ मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा २ हजार ३ सय २६ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ९२ हजार १ सय ६६ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.७ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय