कोरोना संक्रमितको घरमै मृत्यु भएमा आफन्तले अन्त्येष्टि गर्नुपर्ने

कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु भए शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ।

कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी दोस्रो निर्देशिका शंशोधन गर्दै स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको हो।

कुनै पनि व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्दछ।

परिवारका सदस्यहरूले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरूले सजगता अपनाई अन्त्येष्टि गर्नुपर्ने निर्देशिकामा जनाइएको छ।

पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई ‍र्याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पु‍र्याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ।

अन्त्येष्टि गर्दा बच्चा र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लगायत जोखिम समूहमा पर्ने व्यक्तिहरूलाई समावेश नगराउन मन्त्रालयले आग्रह गरेको छ।

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन यसअघि नेपाली सेनाले गर्दै आएको थियो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय