डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजानिक

डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ।

डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। सो पुस्तक नेपालय पब्लिकेसन्सले प्रकाशित गरेको हो।

पुस्तकमा निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ।

सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गथ्र्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो।

बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो ।

साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा सिंहदरबारको घुम्ने मेचले दिन खोजेको पब्लिकेसन्स जनाएको छ।

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला २०२० अन्तरगतको अन्तिम प्रकाशन हो।

‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा सहजै ४२५ मा उपलब्ध हुने हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय