बर्दियाका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

हेल्थपोस्ट/नेपालगन्ज
प्रकाशित
२०७७ कार्तिक २ गते ९:३१

बर्दियाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको छ। आइतबार बिहान उपचारकै क्रममा भेरी अस्पताल नेपालगन्जमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरुषको उपचारकै क्रममा आइतबार बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज १४ गते उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। कोरोनाको आशंकामा असोज १५ गते स्वाब संकलन गरिएको र १६ गते मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ।

स्वास्थ्यमा सुधार नआए पश्चात भेन्टिलेटर लगायतका थप सुबिधाका लागि उनलाई भेरी अस्पताल नेपालगन्ज ल्याई उपचार सुरु गरिएको थियो।

उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनुपर्ने अक्सिजन, रेम्डिसिभर, प्लाज्मा थेरापी, भेन्टिलेटर लगायतको सबै प्रकारको उपचार विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआएपछी आइतबार बिहान ३ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय