प्रिआइसोलेसनमा संक्रमितको मृत्यु, गण्डकीमा मृतक ५० पुगे

हेल्थपोस्ट/पोखरा
प्रकाशित
२०७७ कार्तिक २ गते ८:१३

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ। पछिल्लोपटक शुक्रबार राति पोखरा महानगरपालिका ३ बस्ने ५६ वर्षीया महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा मृत्यु छ।

उनको मृत्युपछि शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिए।

ती महिला उपचारका लागि शुक्रबार अस्पताल पुगेकी थिइन्। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई प्रिआइसोलेसनमा राखिएको थियो।

त्यहीँबाट स्वाब संकलन गरेर पठाइयो। स्वाब संकलन गरेकै दिन शुक्रबार राति उनको मृत्यु भयो। शनिबार दिउँसोमात्रै कोरोना पोजेटिभ भएको रिपोर्ट आयो।

अस्पतालका अनुसार ती महिलामा निमोनिया, उच्च रक्तचाप र श्वासप्रशवासको समस्या थियो। योसहित कास्कीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। गण्डकीमा ५६ सय ३३ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ३५ सय १० जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय