नेपालमा थप १२ संक्रमितको मृत्यु, कूल मृतक संख्या ७२७ पुग्यो

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १ गते १६:४२

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ संक्रमितको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय ६७ संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रिमतको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय