काठमाडौं उपत्यकामा १७४६ सहित देशभर थप ३१६७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय ६७ संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रिमतको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १ हजार ७ सय ४६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४ सय ५१, भक्तपुर १ सय ४३ र ललितपुरमा १ सय ५२ गरि १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ८ सय जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको कूल संख्या ८९ हजार ८ सय ४० पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय