मृत्यु भएको दुई दिनपछि रिपोर्ट पोजेटिभ

हेल्थपोस्ट/झापा
प्रकाशित
२०७७ कार्तिक १ गते १३:०२

झापाका एक व्यक्तिको मृत्यु भएको दुई दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

दमकका नगरपालिका ९ का ५५ वर्षीय पुरुषको रिपोर्ट मृत्यु भएको दुई दिनपछि पोजेटिभ आएको हो।

बुधबार दिउँसो  मृत्यु भएका उनको बिहीबार बिहान अन्त्येष्टि गरिएको थियो। शुक्रबार बेलुका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाइएको छ।

उनी ढाडको नसा च्यापिएर उपचारका लागि नोबेल हस्पिटल विराटनगर गएका थिए। उनमा उपचारकै क्रममा मृत्युपछि संक्रमण देखिएकाले हेरचाह गर्ने,  परिवारका सदस्य र अन्त्येष्टिमा सहभागी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गर्न लागिएको दमक नगरपालिका स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईले बताए।

योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। यसअघि झापा गाउँपालिकाका एक जनाको पनि मृत्यु पछि रिपोर्ट पोजेटिभ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय