लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्रीमा कोरोना

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ कार्तिक १ गते ९:१७

लुम्बिनी प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएको भन्दै उनले सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

‘शुक्रबार आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ।  मसँग सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन अनुरोध गर्दछु’, मन्त्री  चौधरीले फेसवुकमा उल्लेख  गरेका छन्।

त्यस्तै श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी ड्राइभर यमवहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन्।

सगोलमा बस्दै आएका संक्रमित पाँच मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय