लुम्विनी प्रदेश जनस्वास्थ्य प्रयोगशलामा तीनवटा पूर्ण स्वचालित मेसिन जडान

कोरोना भाइरस कोभिड १९ को पिसिआर परिक्षणकालागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । यो सँगै लुम्बिनी प्रदेशमा पूर्ण स्वचालित मेसिनको संख्या तीन पुगेको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपीले मेसिन उपलब्ध गराएको हो ।

प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ।

म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज प्रेम यादवले जानकारी दिए ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको जनाएको छ । प्रयोगशालाहरुमा नयाँ प्रविधियुक्त उपकरणहरु जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

दशैँ अघि संक्रमण भएका सबै ब्यक्तिलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिनबाट रोक्ने मन्त्री बरालले दाबी गरे ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सय बढी नमूनाको रहने गरेका छन् । पूर्ण स्वचालित मेसिनले परिक्षण थालेपछि त्यो लाम कम हुने प्रयोगशालाले जनाएको छ।

अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमूना परिक्षण भएको तथ्यांक छ । प्रदेश पाँचमा ६ वटा सरकारी र दुई वटा निजि प्रयोगशालाबाट पिसिआर परिक्षण भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय