छिमेकमा नयाँ मान्छे आयो! ७ दिन क्वारेन्टाइन राख्नुहोस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर— वरपर नयाँ मान्छे आएमा ७ दिन क्वारेन्टाइनमा राख्नको लागि आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार कोरोना अपटेड मार्फत सो जानकारी दिएका हुन्।

‘गाउँघरमा कुनै नयाँ मान्छे आएको छ। त्यस्ता व्यक्तिलाई छिमेकीले ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्न मन्त्रालय अनुरोध गर्दछ,’ डा. गौतमले भने।

त्यसैगरी, कोरोना संक्रमित वा आइसोलेसनमा बसेका व्यक्ति घर बाहिर नस्किएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ।

‘कोरोना संक्रमित भएका र आइसोलेसनमा बसेका व्यक्तिहरू घर बाहिर निस्कन सक्ने हुनाले अन्य व्यक्तिहरूलाई रोग सार्ने सम्भावना रहन्छ,’ डा. गौतमले भने,‘ यस्ता व्यक्ति घरबाट बाहिर नस्किएमा प्रहरी कार्यलय वा स्वास्थ्य मन्त्रालयको टोल फ्रि नम्बरमा खबर गर्नुहोस्।’

डा. गौतमले पिसिआर स्बाब नुमना संकलन भएपछि रिर्पोट नआउँदा सम्म क्वारेन्टाइनमा बस्न अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय